Kakhara सबैको खबर सम्पूर्ण खबर
कर्णाली प्रदेश राष्ट्रपति रनिङ शिल्डः रुकुम पश्चिम दोस्रो 
ट्रफि हस्तान्तरण गरिँदै ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित १४ औँ राष्ट्रपति रनिङ शिल्डमा रुकुम पश्चिम दोस्रो भएको छ । कर्णालीका १० जिल्लाका विद्यार्थी खेलाडीहरू बिचमा प्रतिस्पर्धा भएकामा रुकुम पश्चिम समग्रमा दोस्रो भएको जिल्ला खेलकुद विकास समिति रुकुम पश्चिमका कार्यालय सचिव लिलाप्रसाद ढकालले जानकारी दिनुभयाे । 

उहाँका अनुसार रुकुम पश्चिमले पाँच स्वर्ण, १३ रजत र १७ कांस्य पदक सहित दोस्रो स्थान हासिल गरेको हो । समूहगत तर्फ रुकुम पश्चिमले भलिबलमा छात्र छात्रा दुवैमा स्वर्ण पदक जितेको थियो । यसका साथै उसु तर्फ  जानकी शर्मा र सुप्रिया शाह तथा ज्याभलिङ थ्रो तर्फ सरिता विकले स्वर्ण पदक जित्न सफल भएको ढकालले जानकारी दिनुभयो ।

त्यस्तै  भलिबल छात्रतर्फ कमल कठायत, छात्रातर्फ विमला बिक र तेक्वान्दो तर्फ रिना पुनमगरले उत्कृष्ट  खेलाडीकाे पदक हासिल  गरेको कार्यालय सचिव ढकालले जानकारी दिनुभयो ।

सुर्खेत प्रथम भएको छ । उसले ४५ स्वर्ण, १४ रजत र ७ कांस्य पदक जित्न सफल भयो । पाँच स्वर्ण, १२ रजत र १८ कांस्य जितेको सल्यान तेस्रो भयो । फागुन ७ गते देखि सुरु भएको शिल्ड हिजो सम्पन्न भएको हो ।

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  ०९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update