Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणीबाट अवैध रूपमा कटान भएको काठ बरामद

डिभिजन वन कार्यालय रुकुम पश्चिमले अवैध रूपमा कटान गरिएको काठ बरामद गरेको छ । जिल्लाको त्रिवेणी गाउँपालिकाको ठुलाभिर भुम्के सामुदायिक वन क्षेत्रमा अवैध रूपमा कटान गरिएको सल्लो प्रजातिको काठ बरामद गरिएको हो । कार्यालयका अनुसार विभिन्न नाप साइजका गोलिया ५ थान र चिरान ९२ वटा काठ बरामद गरिएको छ ।

सामुदायिक वन उपभोक्ता समूहलाई अटेरी गरी विना अनुमति काठ कटान गरेको भन्ने उजुरीको आधारमा वन कार्यालयबाट वन कर्मचारीको टोली उक्त स्थानमा पुगेको थियो । काठ कटान कार्यमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको कार्यालयले जनाएको छ ।

बरामद गरिएको काठ सामुदायिक वन उपभोक्ता समूहलाई जिम्मा लगाइएको बताइएको छ । डिभिजन वन कार्यालयले अवैध काठ कटान, चोरी तथा निकासीमा कडाई गरेको छ ।
 

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update