Kakhara सबैको खबर सम्पूर्ण खबर
पल शाहले भने रुकुम महोत्सवमा आउँदै छु, तपाईँ पनि आउनुहोला

चर्चित नायक तथा मोडल पल शाहले आफू रुकुम पश्चिम महोत्सवमा आउन लागेको जानकारी गराउनुभएको छ । आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै शाहले आफू रुकुम पश्चिम महोत्सवमा आउन लागेको जानकारी गराउनु भएको हो ।

`नमस्कार म पल शाह यही फागुन महिनाको १८ गते देखि २८ गतेसम्म रुकुम मुसिकोटमा हुन गइरहेको रुकुम पश्चिम कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव २०८० मा म पनि आउँदै छु, तपाइहरू पनि आउनु होला ' धन्यवाद,´ शाहले फेसबुकमा लेख्नुभएको छ ।

आयोजकले पल शाह लगायतका कलाकार महोत्सवमा आउने भनेर प्रचार सुरु गरेपछि पल शाह सुटिङमा व्यस्त रहेको र आयोजकले दर्शक उतार्न गलत प्रचार गरेको भन्दै केहीले सामाजिक सञ्जालमा आलोचना गरेका थिए । तर पल शाहले नै महोत्सवमा आउँदै छु भनेपछि सामाजिक सञ्जालमा देखिएका आशङ्का मेटिएको महोत्सव सह आयोजक कला संस्कृति, पर्यटन प्रवर्द्धन मञ्चका अध्यक्ष डिल्ली परियारले बताउनुभयो ।

`हामीले पहिले नै निश्चित गरेर प्रचार सुरु गरेका थियौँ तर केही व्यक्तिहरूले भ्रम छर्ने प्रयास गरेका थिए, उहाँले भन्नुभयो- तर अब पल शाहले नै आउँदै छु भनेपछि यसमा स्पष्ट भइसक्यो, कोही पनि भ्रममा नपर्नुहोला ।´

रुकुम उद्योग वाणिज्य संघको आयोजना र कला संस्कृति, पर्यटन प्रवर्द्धन मञ्चको सह आयोजनामा मुसिकोट खलङ्गाको बराहटाकुरामा फागुन १८ गते देखि २८ गतेसम्म ‘रुकुम पश्चिम कृषि, व्यापार तथा सांस्कृतिक महोत्सव २०८०’ हुँदै छ ।

Screenshot_20240226-103803_Facebook1708925832.jpg

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update