Kakhara सबैको खबर सम्पूर्ण खबर
स्ववियु मुसिकोट खलङ्गा बहुमुखी क्याम्पसको अग्रसरतामा सरसफाइ
सरसफाइ गरिँदै ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ खलङ्गाका विभिन्न ठाउँमा सरसफाइ गरिएको छ । मुसिकोट खलङ्गा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को अग्रसरतामा विभिन्न ठाउँमा सरसफाइ गरिएको हो ।

क्याम्पस वरपरको वातावरण स्वच्छ राख्ने उद्देश्यले आज क्याम्पस आउने बाटाहरू बराहटाकुरा देखि क्याम्पस सम्म र क्याम्पस देखी टटेलासम्म सरसफाइ गरिएको स्ववियु सभापति रमेश लामिछानेले जानकारी दिनुभयो ।

बाटोमा यत्रतत्र फालिएका फोहरलाई व्यवस्थापन तथा जलाउने र झाडी सफा गर्ने लगायतका काम भएको उहाँले बताउनुभयो । सरसफाइमा क्याम्पसमा अध्ययनरत विद्यार्थी, स्ववियुका पदाधिकारी तथा सदस्यहरू, उप प्राध्यापकहरू लगायतको उपस्थिति रहेको बताइएको छ । 

409014529_1128135038189727_1936689827932964133_n1708930914.jpg

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update