रुकुम पश्चिममा समाजवादी मोर्चा नेपालको सन्देश सभा हुने भएको छ । मोर्चाको आज बसेको जिल्ला संयोजन समितिको बैठकले यही फागुन २१ गते मुसिकोट खलङ्गामा सन्देश सभा गर्ने निर्णय गरेको हो । साथै बैठकले सभामा उपस्थितिको लागि आम जनसमुदायलाई हार्दिक अपिल समेत गरेको छ ।
सन्देश सभामा सहभागिता व्यवस्थापनको लागि मोर्चाका पालिका संयोजन समितिहरू र मोर्चा आबद्ध राजनैतिक दलका पालिका समितिहरू सक्रिय रहने मोर्चाका जिल्ला संयोजक गोविन्द रोका सचिनले जानकारी दिनुभयो ।
त्यस्तै बैठकले समाजवादी मोर्चा नेपाललाई तत्काल पालिका तहसम्म विस्तार गर्ने निर्णय भएको उहाँले बताउनुभयो । उहाँका अनुसार फागुन १९ गतेभित्र जिल्लाका ६ वटै पालिकामा मोर्चाको संयोजन समिति गठन गरिने छ ।
पालिका समिति गठनका लागि जिल्ला समितिबाट प्रतिनिधिहरू पनि तोकिएको छ । पालिका समितिको संयोजकत्व समाजवादी मोर्चा नेपालको कार्यविधि २०८० बमोजिम प्रत्येक ४–४ महिनामा आलोपालो प्रणाली अनुसार गरिने बताइएको छ ।