Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोटका सडक छेउका संरचना हटाउन पटक पटक सूचना, तर हट्दैनन्
खलंगा बजार ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले सडक छेउका संरचना हटाउन पटक पटक सूचना निकाले पनि मापदण्ड विपरीत  सडक छेउमा निर्माण भएका संरचनाहरू अझै हटाएका छैनन् । संरचना नहटाएपछि नगरपालिकाले सडक छेउमा निर्माण भएका मापदण्ड विपरीत संरचना हटाउन मङ्गलवार पुनः  सूचना जारी गरेको छ । गत भदौ महिनामा पहिलो पटक सडक छेउमा  मापदण्ड विपरीत निर्माण गरिएका संरचना हटाउन नगरपालिकाले सूचना निकालेको थियो । सडक छेउमा मापदण्ड विपरीत निर्माण गरिएका संरचना नहटाएपछि नगरपालिकाले पटक पटक सूचना मार्फत संरचना हटाउन अनुरोध गर्दै आएको छ । 

मङ्गलवार नगरपालिकाले १५ दिनको समय तोकेर सडक छेउका संरचना हटाउन सबैमा अनुरोध समेत गरेको छ । सडक छेउमा मापदण्ड विपरीत विभिन्न भौतिक पूर्वाधार निर्माण गरी सडक दुर्घटना बढ्नुका साथै बजार क्षेत्रको सौन्दर्य समेत कुरूप देखिएकाले १५ दिन भित्र सेरिगाउँ, बागबजार, खलङ्गा, मठ र सल्लेसम्मको सडक छेउमा भएका संरचना हटाउन भनिएको मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रकाश गिरीले जानकारी दिनुभयो । 

उहाँका अनुसार सडक अधिकार क्षेत्र भित्र मुआब्जा लिई सकेका जग्गामा निर्माण गरिएका घर, टहरा, घुम्ती लगायतका भौतिक संरचनाहरू हटाउन भनिएको  छ । यस अघि पनि नगरपालिकाले सडक छेउका संरचना हटाउन र क्षेत्र समेत तोकिएको अवस्थामा हालसम्म संरचनाहरू नहटाएको पाइएकाले पुनः १५ दिनको सूचना प्रकाशन गरिएको प्रमुख प्रशासकीय अधिकृत गिरीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

430096878_389001710492383_4010131588424734661_n1709126968.jpg

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update