Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोटका ६ कृषकलाई सुत्केरी पशु स्याहारका लागि पोषणयुक्त औषधि वितरण 
औषधि वितरण गर्दै नगर प्रमुख महेन्द्र केसी ।

रुकुम पश्चिमको मुसिकोट नगर पशु सेवा शाखाले नगरका ६ जना कृषकलाई सुत्केरी पशु सेवा स्याहारका लागि पोषणयुक्त औषधि वितरण गरेको छ । कृषक प्रोत्साहन कार्यक्रम अन्तर्गत आज एक कार्यक्रमका बिच कृषकहरूलाई पोषणयुक्त औषधि वितरण गरिएको हो । प्रति कृषक एक केजीको सुत्केरी शक्ति र १.२ केजीको भिटामिन एएफ गोल्ड वितरण गरिएको पशु सेवा शाखा प्रमुख सरस्वती सापकोटाले जानकारी दिनुभयो ।

सुत्केरी पशु स्वस्थ रहोस् र प्रजनन क्षमता बढोस् भन्ने उद्देश्यले पोषणयुक्त औषधि वितरण गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार कृत्रिम गर्भधारण मार्फत सुत्केरी भएका पशुका लागि मात्र औषधि वितरण गरिएको हो । कम खर्च हुने भएकोले कृत्रिम गर्भधारणलाई प्रोत्साहन गर्न यो कार्यक्रम बनाइएको उहाँको भनाई छ ।

नगर प्रमुख महेन्द्र केसी र उप प्रमुख विमलकुमार पुनले औषधि वितरण गर्नुभएको हो । नगर प्रमुख केसीले कृत्रिम गर्भधारण धेरै सहज र भरपर्दो भएकोले यसतर्फ ध्यान दिन कृषकहरूलाई आग्रह गर्नुभयो । पशुपालनमा आकर्षित गर्न नगरपालिकाले प्रोत्साहनका विभिन्न कार्यक्रम बताएको र त्यस अन्तर्गत यो एक भएको उहाँको भनाई थियो ।

DSC068571709193871.jpg
औषधि वितरण गर्दै नगर उप प्रमुख विमलकुमार पुन ।

औषधि पाउनेमा मुसिकोट नगरपालिका १ का रामप्रसाद शर्मा, मुसिकोट ६ का प्रमीला रावल, धनीकुमारी महतारा, मुसिकोट ४ का सुमन मल्ल, राजु ओली र मुसिकोट १ का शरदजंग मल्ल रहेको मुसिकोट नगर पशु सेवा शाखाले जनाएको छ । यो कार्यक्रमबाट ६ कृषकका साथ ७ वटा गाई र भैँसी लाभान्वित भएका छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १३:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update