Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरीमा ९६ वर्षिय पुरुष र १२ वर्षिया बालिकामा एन्टीजेन पोजेटिभ 

रुकुम पश्चिममा आज थप २ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । जिल्लाको सानीभेरी गाउँपालिकामा २ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको हो । गाउँपालिका स्वास्थ्य शाखाले ५ जनामा एन्टीजेन परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो । वडा नं ९ का ९६ वर्षका पुरुष र १२ वर्षकी बालिका रहेको सानीभेरी गाउँपालिका स्वास्थ्य संयोजक छविलाल केसीले जानकारी दिनुभयो ।

संक्रमित बालिकाको अवस्था सामान्य रहेपनि पुरुषमा लक्षण देखिएको संयोजक केसीले बतानउनुभयो । संक्रमितहरु होम आईसोलेसनमा रहेका छन् । सक्रमित पुष्टी भएका पुरुषको छोरा ४/५ दिन अघि नेपालगंजबाट आएको पाईएको छ । उनमा भने कोरोना भाईरसको संक्रमण देखिएन । संक्रमित किशोरी सोमबारसम्म विद्यालय गएको बताईएको छ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख ८, २०७८  १८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update