Kakhara सबैको खबर सम्पूर्ण खबर
सहिद सप्ताहको अवसरमा चौरजहारीमा विभिन्न प्रतियोगिता

सहिद सप्ताहको अवसरमा अखिल (क्रान्तिकारी) रुकुम पश्चिम चौरजहारी नगर समितिले विभिन्न प्रतियोगिता सञ्चालन गरेको छ । शुक्रवार हिमालय मावि खोलागाउँमा मावि स्तरीय खुला हाजिरजवाफ, वक्तृत्वकला र एकल नृत्य प्रतियोगिता सञ्चालन गरिएको हो । 

जसअन्तर्गत हाजिरजवाफ प्रतियोगितामा १३ ओटा समूहको सहभागिता रहेको थियो । जसमा शीतल मावि चौरजहारी ‘वि’ समूह प्रथम, हिमालय मा वि खोलागाउँ द्धितिय र शीतल मा वि चौरजहारी ‘ए’ समूह तृतीय भएका छन् । 

वक्तृत्वकला प्रतियोगितामा १० जना सहभागी रहेकामा शीतल माविका सुरज ओली प्रथम, हिमालय माविका महेन्द्र केसी र देवराज केसी द्धितिय तथा मावि खहरेकी प्रतिमा राना तृतीय भएको अखिल क्रान्तिकारी चौरजहारीले जनाएको छ । 

त्यस्तै नृत्य प्रतियोगितामा १७ टिमले सहभागिता जनाएका थिए । जसमा सरस्वती एडभान्स बोर्डिङ चौरजहारीकी सलिना गिरी प्रथम, मावि खहरेकी प्रतिमा राना द्धितिय तथा हिमालय माविकी एलिना विक तथा मावि सानाखोलाको समूह तृतीय भएको बताइएको छ । 

अखिल क्रान्तिकारी चौरजहारीका अध्यक्ष नवीन्द्र महताराको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका राधा रोका भावना विशेष आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा अखिल क्रान्तिकारीको जिल्ला अध्यक्ष नीराजन केसीको पनि आतिथ्यता रहेको थियो । 

कार्यक्रमको सञ्चालक अखिल क्रान्तिकारी चौरजहारी नगर समिति सचिव वीरेन्द्र केसीले गर्नुभएको थियो । वक्तृत्वकलाको शीर्षक जनयुद्धमा विद्यार्थीको भूमिका र अबको कार्यभार रहेको थियाे भने नृत्य जनवादी देशभक्त, प्रगतिशील र क्रान्तिकारी गीतमा भएकाे थियाे ।

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update