Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकोट १३ का २० वर्षिय युवकमा कोरोना संक्रमण पुष्टि 

रुकुम पश्चिमको मुसीकोट १३ का एक युवकमा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । २० वर्षिय युवकमा आज जिल्ला अस्पतालमा एन्टीजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । केहि दिन देखि श्वासप्रश्वासमा समस्या आएको र निरन्तर ज्वरो आएपछि उनलाई आज एम्बुलेन्स मार्फत जिल्ला अस्पताल ल्याईएको थियो ।

अस्पताल ल्याईएका उनमा एन्टीजेन परीक्षण गर्दा कोरोना पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्शन इश्वर रावलले जानकारी दिनुभयो । उनलाई जिल्ला अस्पतालमा रहेको आईसोलेसनमा राखिएको छ । आज मात्र जिल्लामा तीन जनामा एन्टीजेन पोजेटिभ आएको छ । जिल्लाको सानीभेरी गाउँपालिकाका ९६ पुरुष र १२ वर्षिया बालिकामा पनि आजै कोरोना भाईरस पुष्टि भएको थियो ।
 

प्रकाशित मिति: बुधबार, वैशाख ८, २०७८  १८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update