Kakhara सबैको खबर सम्पूर्ण खबर
कविता: बा मुस्कुराएको हेर्नू छ 

मलाई बा मुस्कुराएको हेर्नू छ
मेरो सफलतामा,
उहाँले देखेको सपना,
मैले मेरो हात पारे भने,
त्यो दिन आमाको साहयताबाट नसुनियोस् खुसी,

जुन पहिले छोरीलाई प्रस्ट भन्न नसकेर,
आमालाई सुनाउनुहुन्थ्यो ! 
राम्रो कामको कुरा होस या नराम्रो कुरा होस् 
आमा त सधैँ,
मुस्कुराएकै हो । सन्तानको सफलता होस या असफलता नै किन नहोस्,
देखाउन सक्ने कै त महावाणी लेखिन्छ 
मलाई भने लेख्नु छ ?
थाहा नपाउने गरी ,
जताइ रहन नखोज्ने बा को माया खोज्नु छ।

म त्यो सब दिन कहिल्यै सक्दिन 
टन्न पैसा कमाउन,
राम्रो घरमा राख्न,
सुखको जीवन दिए भन्न,
त्यो मेरो सपना होइन 
मलाई त त्यो दिनु छ 
मेरो बा जे काम गर्दा आनन्द मान्छन्
जुन घरमा आनन्दको निद्रा पाउँछन्
जहाँ आफू बाचेर आएको जीवन सम्झेर सबै सबै रमणीय कुरा सम्झेर आफै मुस्कुराउँछन्

मैले मेरो बा मा मेरो बिचार देखूँ ,
बाको बिचारमा म पाउ,
सजिलै चिनाउन सकूँ मलाई मन परेको मान्छे,
मेरा बा को ज्वाइँ !
खुसी हुन मेरो रोजाइमा,
बस् 
त्यो समयमा किनेर खुवाउन सकूँ बा लाई 
मन पर्ने रम,
पीडा पर्‍यो भनेर खाने पनि त्यही,
खुसी मनाम भनेर पिउने पनि त्यही,
  
मलाई बा मुस्कुराएको हेर्नू छ !!
मेरो छोरी हो भनेर गर्व लाग्ने र मलाई मेरो बा हुन भनेर चिनाउन मन छ,
मलाई,
बा मुस्कुराएको हेर्नू छ !

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update