Kakhara सबैको खबर सम्पूर्ण खबर
कृषकले उत्पादन गरेको मह खरिद गरेर सहिद परिवारलाई सम्मान 
मह दिएर सहिद परिवारलाई सम्मान गरिदैँ ।

रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ३ का कमलाल खड्काको यो वर्ष उत्पादित मौरीको मह सबै बिक्री भयो । गाउँपालिकाले २३ धार्नी मह खरिद गर्दिएपछि खड्काको यो वर्ष उत्पादन भएको सबै मह बिक्री भएको हो । खड्काकाले घरमा चाहिने एक/दुई धार्नी मह बाहेक अरू सबै मह बिक्री भएको बताउनुभयो । बजारको समस्या भएको बेला स्थानीय सरकारले मह खरिद गर्दिएपछि आफूहरूलाई सजिलो भएको उहाँले बताउनुभयो । 

खड्काको मात्र होइन सोही वडाका अन्य चार कृषकको पनि गाउँपालिकाले मह खरिद गरेको छ । बजारको अभाव भएको बेला गाउँपालिकाले मह खरिद गरेपछि कृषकलाई सहयोग मिलेको हो । यो वर्ष जिल्लामा धेरै मात्रामा मह उत्पादन भए सँगै बजारको अभाव देखिएको थियो । गाउँपालिकाले पोखराबाट कृषकको ६८ धार्नी मह खरिद गरेको छ । एक धार्नी महको तीन हजार रुपैयाँका दरले मह खरिद गरिएको गाउँपालिकाले जनाएको छ । 

कृषकबाट खरिद गरिएको महले गाउँपालिका भित्रका सहिद परिवारलाई सम्मान गरिएको छ । पालिका भित्रका ६८ जना सहिद परिवारले खादा सहित समान हुँदै एक/एक धार्नी मह पाएका छन् । सहिद सप्ताहको अवरमा आइतबार गाउँपालिकामा बोलाएर सहिद परिवारलाई मह र खादाले सम्मान गरिएको गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले जानकारी जानकारी दिनुभयो । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले सिस्ने गाउँपालिका भित्र उत्पादन भएको मह र खादाले सम्मान गरिएको अध्यक्ष रेग्मीले बताउनुभयो । 

429836844_771794904452699_9140505212137509488_n1709621036.jpg

स्थानीय सरकार बने देखी पहिलो पटक कृषि उपजले सहिद परिवारलाई सम्मान गरिएको उहाँले बताउनुभयो । गाउँपालिकामा उत्पादन भएको कृषि उपजलाई बजार व्यवस्थापन गर्नको लागि सहिद परिवारलाई मौरीको महले सम्मान गरेको गाउँपालिकाले जानकारी दिएको छ । उक्त कार्यले सहिद परिवारका साथै किसानलाई पनि सम्मान भएको गाउँपालिकाको भनाई छ । गाउँपालिकाका अनुसार तीन लाख रकमबाट मह खरिद गरिएको हो । 

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update