Kakhara सबैको खबर सम्पूर्ण खबर

रुकुम पश्चिम महोत्सवमा चर्चित नायक तथा मोडल पल शाहलाई हेर्न दर्शक ओइरिएका छन् । बिहीबार मुसिकोट खलङ्गामा जारी रुकुम पश्चिम महोत्सवमा थेगिनसक्नुको घुइँचो थियो । पल शाह आउने भएपछि गाउँ गाउँबाट दर्शकहरू बिहानैबाट महोत्सव स्थलमा जम्मा भएका थिए । पल शाह पोखराबाट हेलिकोप्टर मार्फत रुकुम पश्चिम आउनुभएको थियो ।

DSC072081709817999.jpg

उहाँ पुजार सार्कीको सुटिङका लागि पोखरामा रहनुभएको थियो । सुटिङबाट शाह रुकुम पश्चिम महोत्सवमा आउनुभएको हो । महोत्सवमा शाहले विभिन्न गीतमा नाचेर दर्शकलाई मनोरञ्जन दिनुभएको थियो । आज महोत्सवमा करिब ५ हजार दर्शक आएको सह आयोजक कला संस्कृति, पर्यटन प्रवर्द्धन मञ्चका अध्यक्ष डिल्ली परियारले जानकारी दिनुभयो । 

DSC072021709817993.jpg

महोत्सव आठौँ दिन भोली शुक्रवार पनि जारी रहनुभएको छ । भोली चर्चित हास्य कलाकार धुर्मुस सुन्तली आउने परियारले बताउनुभयो । भोली पनि ठुलो सङ्ख्यामा दर्शकहरू आउने आयोजकले विश्वास लिएको छ । 

महोत्सव फागुन २८ गतेसम्म सञ्चालन हुने छ । रुकुम उद्योग वाणिज्य सङ्घको आयोजना र कला, संस्कृति, पर्यटन प्रवर्द्धन मञ्च रुकुम पश्चिमको सह आयोजनामा शुक्रवार देखि महोत्सव सुरु भएको हो ।

DSC072331709818045.jpg

C0998 - frame at 0m0s1709818075.jpg

DSC072431709818130.jpg

DSC072291709818223.jpg

DSC072451709818253.jpg

DSC072141709819759.jpg

DSC072151709819759.jpg

DSC072161709819771.jpg

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update