रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलङ्गामा जारी महोत्सव दुई दिन थपिएको छ । चैत्र १८ गतेबाट २८ गतेसम्म महोत्सव सञ्चालन हुने पूर्व निर्धारित समय रहे पनि सुरुका दुई दिन पानीले प्रभावित बनाएको भन्दै दुई दिन थप भएको आयोजक रुकुम उद्योग वाणिज्य सङ्घले जनाएको छ । अब महोत्सव भोली फागुन २९ गते र फागुन ३० गते पनि सञ्चालन हुने छ ।
यसैबिच महोत्सवमा भोली पनि राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने बताइएको छ । भोली चर्चित लोक तथा दोहोरी गायक कुलेन्द्र विश्वकर्मा आउने आयोजकको भनाई छ । साथमा अन्य कलाकारहरूको पनि प्रस्तुति रहने बताइएको छ ।
अन्तिम दिन पर्सी भने अन्य सांस्कृतिक कार्यक्रम सहित नृत्य प्रतियोगिता समेत हुने छ । रुकुम उद्योग वाणिज्य संघको आयोजना र कला, संस्कृति, पर्यटन प्रवर्द्धन मञ्च रुकुम पश्चिमको सह आयोजनामा महोत्सव चलिरहेको छ ।