Kakhara सबैको खबर सम्पूर्ण खबर
भूमेले जित्यो जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड

रुकुम पूर्वको १२ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड भूमे गाउँपालिकाले जितेको छ । भूमे गाउँपालिको १, को सिद्धचौर मावि लुकुममा जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको शिल्डमा जिल्लाका तीन वटै स्थानीय तहका विद्यालयहरुले भाग लिएका थिए ।

६१ स्वर्ण ३३ रजत र २० कास्य पदक सहित भूमे गाउँपालिका प्रथम भएको छ । १३ स्वर्ण २२ रजत र ४१ कास्य पदक जित्दै सिस्ने गाउँपालिका दोस्रो भएको छ भने १९ रजत र १३ कास्य पदक सहित पुथाउत्तरगंगा गाउँपालिका तेस्रो भएको छ ।

यस अघि तीन वटै स्थानीय तहले यस अघि नै गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न गरेका थिए । वैशाख ६ गतेदेखि ९ गते सम्म ४ दिन शिल्ड सञ्चालन गरेको थियो । सबै पालिकाको शिल्डपछि जिल्ला स्तरीय शिल्ड सुरुवात गरिएको थियो । पूर्व मन्त्री तथा प्रतिनिनिधि सभा सदस्य कमला रोकाले शिल्ड उद्घाटन गर्नुभएको थियो । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १०, २०७८  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update