रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ८ झिमखोलामा दोस्रो लक्ष्मी गोल्ड कप हुने भएको छ । वडामा रहेको सहिद महेन्द्र लक्षु स्मृति क्लबले आफ्नो वार्षिक उत्सवको अवरमा दोस्रो गोल्ड कप संचालन गर्न लागेको हो । चैत्र २६ गते देखी संचालन हुने गोल्ड कप प्रतियोगितामा खुला शुद्ध वडा स्तरिय महिला, पुरुष भलिबल, महिला, पुरुष रस्साकस्सी, घैंटोफोर र भाले तान्ने प्रतियोगिताको आयोजना गरिएको क्लवका महासचिव दुर्गा पुनले जानकारी दिुनभयो ।
उहाँका अनुसार पुरुष भलिबल तर्फ प्रथम हुने समुहले नगद ५१ हजार रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । दोस्रो हुने समुहले नगद ३१ हजार रुपैयाँ मेडल र प्रमाणपत्र र तेस्रो हुने समुहले नगद २१ हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । दर्ता शुल्क ५ हजार ५ सय रहेको छ । महिला भलिबल तर्फ प्रथम हुने समुहले नगद २० हजार रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्दा दोस्रो हुने समहुले नगद १५ हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र र तेस्रो हुने समुहले नगद दश हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लवका महासचिब पुनले जानकारी दिनुभयो ।
त्यस्तै महिला, पुरुष रस्साकस्सी प्रतियोगितामा स्थान प्राप्त गर्ने समुहलाई समान प्रथम हुने समुहलाई नगद ५ हजार, दोस्रोलाई ३ हजार र तेस्रो हुने समुहलाई १ हजार ५ सय रुपैयाँ पुरस्कार व्यवस्था गरिएको छ । घैटोफोर र भाले तान्ने प्रतियोगितामा विजेता हुने व्यक्तीलाई एक एक ओटा रातो भाले पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
बृहत सांस्कृतिक समुह सहित सहभागि हुने झाँकीलाई मायाँको चिनो प्रदान गरिने आयोजकले जनाएको छ । चैत्र २६ गते देखी संचालन भएको प्रतियोगिता आगामी वैशाख १ गतेसम्म सञ्चालन हुने क्लवका अध्यक्ष नरबहादुर पुनले जानकारी दिनुभयो ।