Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा ९५ रोपनीमा लगाएको अफिम खेती नष्ट
अफिम खेती फँडानी गर्दै प्रहरी

रुकुम पश्चिमको विभिन्न ठाउँमा लगाएको लागू औषध अफिम खेती फँडानी गरिएको छ । जिल्लाको आठबीसकोट, मुसीकोट नगरपालिका तथा सानीभेरी गाउँपालिकाको विभिन्न ठाउँमा ९५ रोपनी जग्गामा लगाएको अफिम खेती फँडानी तथा नष्ट गरिएको हो । आठबीसकोट नगरपालिका वडा नम्बर  १ स्याला र वडा नम्बर २ कालजुरा भन्ने ठाउँमा ६० रोपनीमा लगाएको अफिम खती फडानी तथा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले जानकारी दिनुभयो । 

उहाँका अनुसार सानीभेरी गाउँपालिकाको वडा नम्बर ३ को तिमिले, कमैदे र काफिगैरामा २९ रोपनी, मुसीकोट नगरपालिका वडा नम्बर ८ घोरखानीमा १ रोपनी र आठबीसकोट नगरपालिका वडा नम्बर ३ दाङ भन्ने स्थानमा ५ रोपनी गरेर जम्मा ९५ रोपनी जग्गामा लगाएको अफिम खेती नष्ट गरिएको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक भट्टराईले जानकारी दिनुयभो । 


चैत ५ गतेदेखि ९ गतेसम्म ५ दिनको अवधिमा ९५ रोपनी जग्गामा लगाएको अवैध लागू औषध अफिम खेती नष्ट गरिएको हो । ग्रामीण वस्ती तथा जगंलको विचमा अफिम खेती बढी लगाउने गरेको पाएको छ । अवैध मानिएको अफिम खेती लुकीछिपी लगाउने गरिएको छ ।  सूचना प्राप्त गरेसम्म जिल्ला हरेक वर्ष अफिम खेती नष्ट गर्दै आएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

 

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  ११:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update