Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्वबाट एसइईमा एक हजार बढी परिक्षार्थी सहभागि हुँदै 
फाइल फोटो

आगामी चैत १५ गतेदेखि सञ्चालन हुने माद्यामिक परिक्षा एसइईमा रुकुम पूर्वबाट १ हजार ३० जना विद्यार्थी सहभागि हुने भएका छन् । जिल्लाका विभिन्न २३ ओटा विद्यालयबाट उक्त संख्यामा विद्यार्थी परिक्षामा सहभागि हुने भएका हुन् । साधारण तर्फ ४ सय ९६ छात्रा र ४ सय ७९ छात्र गरेर जम्मा ९ सय ६५ जना विद्यार्थी सहभागि हुन लागेको शिक्षा विकास तथा समन्वय इकाई रुकुम पूर्वका प्रमुख तिलक गौतमले जानकारी दिनुभयो । 


उहाँका अनुसार प्राविधिक तर्फ २२ छात्र र ३५ छात्रा गरेर ५७ जना विद्यार्थी सहभागि हुन लागेका हुन् । यस्तै ग्रेड वृद्धि तर्फ २ छात्रा र ६ छात्र गरेर ८ जना विद्यार्थी परिक्षामा सहभागि हुन लागेको शिक्षा विकास तथा समन्वय इकाई  प्रमुख गौतमले जानकारी दिनुभयो । जिल्लाको दुई विद्यालयमा प्राविधिक विषयमा पढाइ हुँदैआएको छ । पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर १० को महेन्द्र मावि तकमा कम्प्युटर इन्जिनियर र सिस्ने गाउँपालिका वडा नम्बर ५ मा रहेको रुक्मिणी माविमा बाली विज्ञान विषयमा पढाई हुँदै आएको छ ।

सिस्ने गाउँपालिकामा ५, भूमेमा २ र पुथामा १ वटा परिक्षा केन्द्र गरेर जिल्लामा ८ वटा परिक्षा केन्द्र तोकिएको छ । परिक्षा केन्द्रमा खटिने केदाध्यक्षलाई अभिमुखिकरण तालिम दिएर नियुक्ती समेत दिएको शिक्षा विकास तथा समन्वय इकाई रुकुम पूर्वकाले जनाएको छ ।

चैत १५ गतेबाट सञ्चालन भएको परिक्षा आगामि २७ गतेसम्म सञ्चालन हुने छ । 

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update