Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिम र पुर्वमा एसइई परीक्षाको तयारी पुरा, साढे चार हजार बढी परीक्षार्थी सहभागि हुँदै 
फाइल फोटो

देशैभर बिहिबारबाट सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा एसइईको रुकुम पश्चि र रुकुम पुर्वमा सम्पूर्ण तयारी पुरा भएको छ । दुई वटै जिल्लाका सबै परीक्षा केन्द्रहरुमा उत्तरपुस्तिका र प्रश्नपत्र  पुगिसकेको शिक्षा विकास समन्वय इकाईले जनाएका छन् । यस वर्ष रुकुम पश्चिमा २३ र रुकुम पुर्वमा ८ वटा परीक्षा केन्द्रबाट विद्यार्थी सहभागी हुँदै छन् । रुकुुम पुर्वबाट एक हजार ३० जना विद्यार्थी परीक्षामा सहभागि हुँदै छन् । जसमा नियमित तर्फ ५ सय ३१ छात्रा र ४ सय ९१ जना छात्र परीक्षामा सहभागि हुने शिक्षा विकास तथा समन्वय इकाई रुकुम पूर्वका प्रमुख तिलक गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार साधारण तर्फ ४ सय ९६ छात्रा र ४ सय ६९ जना छात्र सहभागि हुँदै छन् । प्राविधिक तर्फ छात्रा ३५ र  छात्र २२ जना परीक्षामा  सहभागि हुँदा ग्रेडवृद्ध तर्फ दुई छात्रा र ६ छात्रले यो वर्षको एसइई परीक्षामा सहभागि हुँदै छन् । पुथा उत्तरगंगा गाउँपालिकामा एक, सिस्ने गाउँपालिकामा पाँच र भूमे गाउँपलिकामा दुई वटा परीक्षा केन्द्र तोकिएको छ ।

भूमे गाउँपालिकाको वडा नम्बर ६ महत स्थित जन जागृती माविको परीक्षा केन्द्रबाट ९२ र ३ नम्बर वडाको सहिद शुक्र मावि सीमा परीक्षा केन्द्रबाट एक सय १६ जना विद्यार्थीले परीक्षा दिदै छन् । पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर १० स्थित महेन्द्र मावि तकसेरा परीक्षा केन्द्रबाट १ सय ६८ जना विद्यार्थी परीक्षामा सहभागि हुने शिक्षा विकास तथा समन्वय इकाई प्रमुख गौतमले जानकारी दिनुभयो ।

यस्तै सिस्ने गाउँपालिकाको २ नम्बर वडामा रहेको हिमालय मावि नायगाडबाट १ सय ३७,  ३ नम्बर वडामा रहेको जनता मावि पोखराबाट ७९ र ६ नम्बर वडाको त्रिभुवन मावि छिप्रीदहबाट १ सय ३३ जना विद्यार्थी परीक्षामा सहभागि हुँदै छन् ।  ५ नम्बर वडामा रहेका रुक्मिणी माविमा १ सय ५६ र कोट मावि रुमालबारा परीक्षा केन्द्रबाट १ सय ४१ जनाले परीक्षा दिन लागेको शिक्षा तथा समन्वय रुकुम पूर्वले जानकारी दिएको छ । 
त्यस्तै रुकुम पश्चिमबाट ३ हजार ५ सय ९३ विद्यार्थी परीक्षामा सहभागि हुँदै छन् । विभिन्न २३ परिक्षा केन्द्रहरुबाट ३ हजार ५ सय ९३ विद्यार्थी सहभागि हुन लागेका हुन् । साधारणतर्फ १ हजार ७ सय ६२ छात्रा र १ हजार ७ सय ८ छात्र गरेर ३ हजार ४ सय ७० विद्यार्थी र प्राविधिक तर्फ ४९ छात्र र ४७ छात्रा गरेर ९६ विद्यार्थी परिक्षामा सहभागि हुन लागेको शिक्षा विकास समन्वय इकाई रुकुम पश्चिमका प्राविधिक सहायक डायमण पुनले जानकारी दिभयो । 

त्यस्तै ग्रडवृद्धि तर्फ १५ छात्र र १२ छात्रा गरेर २७  विद्यार्थी  परिक्षामा सहभागि हुँदै छन् । ५ वटा संस्थागत एक खुल्ला र ७६ वटा सामुदायिक गरेर ८२ वटा विद्यालयहरुबाट  विद्यार्थी परीक्षामा सहभागि हुन लागेको शिक्षा समन्वय इकाई रुकुम पश्चिमले जनाएको छ । विहिबारबाट सुरु भएको परीक्षा आगामि २७ गतेसम्म सञ्चालन हुनेछ । 

 

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  २०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update