Kakhara सबैको खबर सम्पूर्ण खबर

रुकुम पूर्वको सिस्ने गाउँपालिका नम्बर ८ मा रहेको स्यालापाखा स्वास्थ्य चौकीको न्युनतम सेवा मापदण्ड सम्बन्धी २ दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ । रुकुम पूर्व अस्पतालका जन स्वास्थ्य निरीक्षक डिल्लीबहादुर केसीले ८ र ९ गते सञ्चालित अभिमुखिकरण तालिमको सहजीकरण गर्नु भएको थियो  ।

स्यालापाखा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा ८ नम्बर वडा अध्यक्ष खर्कसिंह थापाको अध्यक्षता रहेको कार्यक्रममा १, २, ३, ५ र ८ नम्बर वडाका स्वास्थ्य चौकीका इन्चार्ज तथा अनमीहरुको सहभागिता रहेको थियो । स्वास्थ्य चौकी धपेका इन्चार्ज हरिबहादुर केसीले न्युनतम सेवा मापदण्डको मूल्याकंन गरिएको जानकारी दिनुभयो । 


 

प्रकाशित मिति: शुक्रबार, वैशाख १०, २०७८  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update