रुकुम पश्चिमको चौजहारीमा भएको महोत्सव स्थलको फोहोर व्यवस्थापन गरिएको छ । चैत २६ देखि वैशाख ३ गते सम्म चलेको महोत्सवको क्रममा भएको फोहोर व्यवस्थापन गरिएको हो । चौरजहारी नगरपालिकाको २ नम्बर वडा स्थित रंगशालामा लागेको महोत्सवमा जम्मा भएको फोहोर नेपाली कांग्रेसका नेता कार्यकर्ता, तरुण दल तथा नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताले उठाएका हुन् ।
फोहोर व्यवस्थापन नहुँदा उक्त फोहोर बजारमा समेत असर गर्ने भन्दै फोहोर उठाइएको जनाइएको छ । झण्डै ५ क्वुइन्टल फोहोर व्यवस्थापन गरिएको नेपाली कांग्रेसका नेता तिलक भण्डारीले जानकारी दिनुभयो । तरुण दलले सरसफाई आयोजना गरेको र त्यसमा पार्टीका नेता कार्यकर्ता सहभागि भएको नेता भण्डारीले बताउनुभयो ।
मैदानको पूर्ण सरसफाई गरेको, शौचालय बनाइएको ठाउँमा पनि सरसफाई गरिएको नेता भण्डारीले बताउनुभयो । चौरजहारी उद्योग वाणिज्य संघ र चौरजहारी नगर संगीत समितिले उक्त महोत्सव आयोजना गरेको थियो । गत बर्ष नै आयोजना गरिएको महोत्सव कोरोना महामारीका कारण हुन सकेको थिएन । यो बर्ष पनि कोरोनाकै कारण पूरा अवधि महोत्सव सञ्चालन हुन सकेको थिए ।