Kakhara सबैको खबर सम्पूर्ण खबर
जिल्ला अदालत रुकुम पश्चिमद्धारा आठ महिनामा एक करोड बढी जरिवाना संकलन
जिल्ला अदालत रुकुम पश्चिम

जिल्ला अदालत रुकुम पश्चिमबाट ८ महिनामा १ करोड २ लाख ९१ हजार ३ सय ५८ रुपैयाँ जरिवाना बापत राजस्व उठेको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को साउन १ गतेदेखि फागुन महिनासम्म जरिवाना बापत १ करोड २ लाख ९१ हजार ३ सय ५८ रुपैयाँ राजस्व उठेको हो । फैसला कार्यान्वय सम्बन्धी वार्षिक ३ करोड ४७ लाख ७३ हजार ९ सय २२ रुपैयाँ ३६ पैसा जरिवाना बापत राजस्व उठाउने लक्ष्य लिएकोमा लक्ष्यको २९ दशमलव ५९ प्रतिशत अर्थात १ करोड २ लाख ९१ हजार ३ सय ५८ जरिवाना उठेको जिल्ला अदालत रुकुम पश्चिमकी  श्रेस्तेदार मन्दिरा शाहीले जानकारी दिनुभयो । 

उहाँका अनुसार ८ महिनाको अवधिमा १ सय २३ वटा विभिन्न मुद्धाका निवेदन दर्ता भएकामा ६२ वटा निवेदन फर्छ्यौट भएका छन् । यो वार्षिक लक्ष्यको ७२ दशमलव ०९ प्रतिशत  हो । अदालतले वार्षिक ८६ वटा मुद्धाका निवेदन फछर्यौट गर्ने लक्ष्य लिएको छ । अव दर्ता भएका ६१ वटा निदेवन फर्छ्यौट हुन बाँकी रहको श्रेस्तेदार शाहीले जानकारी दिनुभयो । 

त्यस्तै उक्त अवधिमा फैसला कार्यान्वय सम्बन्धी कैद भुक्तानको वार्षिक लक्ष्य ९ सय ४१ वर्ष ११ महिना २८ दिन राखिएकोमा लक्ष्यको ७८ दशमलव ३२ प्रतिशत अर्थात ७ सय ३७ वर्ष २ महिना २४ दिन कैद भुक्तान फर्छ्यौट भइसकेको छ । अव ५ सय ६१ वर्ष ५ महिना १५ दिन कैद भुक्तान  हुन बाँकी रहको छ । जिल्लामा फरार प्रतिवादीको संख्या धेरै रहेकाले जरिवाना उठाउने लक्ष्य पनि धेरै राखिएको जिल्ला अदातल रुकुम पश्चिमकी स्रेस्तदार शाहीले बताउनुभयो ।

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update