थ्रेसर मेशिनमा च्यापिएर महिलाको मृत्यु
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा थ्रेसर मेशिनमा च्यापिएर एक महिलाको मत्यु भएको छ । वडा नं. ७ काभ्राकी ६२ वर्षिया थुर्मा मल्लको आज अपरान्ह गहुँ झार्ने थ्रेसर मेशिनमा च्यापिएर मृत्यु भएको हो । मेशिनको नजिकै रहेकी मल्ल आफुले लगाएको कपडा बेरिएर मेशिनमा च्यापिएको प्रहरीले जनाएको छ ।
मेशिनमा च्यापिएकी मल्लको घटना स्थलमै मत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कपिल शाहीले जानकारी दिनुभयो । मेशिनमा च्यापिएकी मल्लको शरिर नै पेलिएको उहाँले बताउनुभयो । उक्त थ्रेसर सोही ठाउँका इश्वर शाहीको रहेको र उनलाई प्रहरीले पक्राउ गरेको छ । चालक भने फरार रहेको प्रहरीको भनाई छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १०, २०७८ १८:०४
प्रतिक्रिया दिनुहोस्