Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरीको हिउँदे अधिवेशन अन्त्य

रुकुम पश्चिमको सानीभेरी गाउँ सभाले हिउँदे अधिवेशन अन्त्य गरेको छ । गत चैत ३१ गते सुरु भइ वैशाख १० गते अधिवेशन अन्त्य भएको हो । गाउँ सभाले आर्थिक बर्ष २०७७।०७८ का केही बजेट संसोधन गरेको छ । महालेखा परीक्षकले दिएको बेरुजु रकमको कारण सहितको जवाफ पठाउने निर्णय पनि पारीत भएको छ ।

गाउँपालिकाको विकासका लागि तयार भएका विस्तृत परियोजना प्रतिवेदन पास, सार्वजनिक जग्गाको आवश्यक परेको वेला सरकारले हस्तक्षेप गर्ने गरी हाल भोगचलन गरेकोलाई करको दायरामा ल्याउने निर्णय पनि गाउँ सभाले गरेको छ ।

गाउँ सभाबाट कृषि प्रवद्र्धन विधेयक २०७७, वन विधेयक २०७७ पनि पास भएको । गाउँ सभाले एउटा वडा विभाजनको सिफारिसको निर्णय गरेको छ । वडा नम्बर ३ लाई विभाजन गरेर २ वटा वडा बनाउने निर्णय गरेर  कर्णाली प्रदेश सरकारलाई सफारिस गरिएको गाउँपालिका अध्यक्ष नरबहादुर पुनले जानकारी दिनुभयो । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १०, २०७८  १८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update