Kakhara सबैको खबर सम्पूर्ण खबर
आठबिसकोटमा महोत्सव सुरु 
महाेत्सवकाे उद्घाटन गर्दै जिसस उप प्रमुख देवबहादुर विक ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर ९ राडीमा महोत्सव सुरु भएको छ । कला संस्कृति, पर्यटन प्रवर्द्धन मञ्च रुकुम पश्चिमको आयोजनामा आज देखि ‘आठबिसकोट पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव’ सुरु भएको हो । 

महोत्सवको जिल्ला समन्वय समितिका उप प्रमुख देवबहादुर विकले उद्घाटन गर्नुभयो । एक समारोहका बिच महोत्सवको उद्घाटन गरिएको हो । महोत्सव संयोजक तुल देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा जिसस उप प्रमुख विकको प्रमुख आतिथ्यता रहेकोमा आठबिसकोट नगरपालिकाका उप प्रमुख धनकुमारी शाहीको विशेष आतिथ्यता रहेको थियो । 

कार्यक्रममा राजनीतिक दल, सुरक्षा निकाय, उद्योग वाणिज्य संघ, पत्रकार लगायतको पनि उपस्थिति रहेको थियो । आठबिसकोट ९ का वडाध्यक्ष जनक बटालाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन कला, संस्कृति, पर्यटन तथा प्रवर्द्धन मञ्चका अध्यक्ष डिल्ली परियारले गर्नुभएको थियो । 

WhatsApp-Image-2024-04-04-at-7.39.44-PM-1712246142.jpeg
 

कार्यक्रममा विभिन्न स्थानीय झाँकीहरू प्रवर्द्धन गरिएको थियो भने मार्सल आर्ट तर्फका विभिन्न खेल कौसल समेत प्रदर्शन गरिएको थियो । महोत्सव वैशाख २ गतेसम्म सञ्चालन हुने छ । महोत्सवमा भोली देखि विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरूले प्रस्तुति राख्ने आयोजकले जनाएको छ । भोली चर्चित गायक तथा मोडल रामजी खाँड आउने बताइएको छ । 

महोत्सवमा चर्चित हास्य कलाकार धुर्मुस सुन्तली, गायक राजु परियार, पशुपति शर्मा, गायिका ज्योति मगर, एलिना चौहान, सिम्रन परियार, टीका सानु लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरूको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ ।

महोत्सवमा ५० बढी स्टल रहेका छन् । महोत्सवको सह आयोजकमा समृद्ध कर्णालीका लागि हाम्रो चाहना रुकुम पश्चिम रहेको छ । त्यस्तै व्यवस्थापकमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुकुम पश्चिम र संरक्षकमा आठबिसकोट नगरपालिका रहेका छन् ।

WhatsApp-Image-2024-04-04-at-7.39.43-PM-1712246132.jpeg
 

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  २१:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update