Kakhara सबैको खबर सम्पूर्ण खबर
गाैतम बुद्ध क्रिकेट रंगशालामा स्वर्गिय चन्द्र खड्काको नाममा कुर्सी
रंगशाला निर्माण सहयाेगार्थ धुर्मुस सुन्तली फाउण्डेसनकी कुन्जना घिमिरे ‘सुन्तली’लाई रकम हस्तान्तरण गर्दै यज्ञ खड्का ।

चितवनको भरतपुर महानगरपालिकामा निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालामा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ९ राङजाका स्वर्गिय चन्द्र खड्का (जयलाल)को नाममा एउटा कुर्सी निर्माण हुने भएको छ । धुर्मुस सुन्तली फाउण्डेसनको अगुवाईमा जनस्तरबाट निर्माण भइरहेको रंगशालामा स्वर्गिय खड्काको नाममा एउटा कुर्सी सुरक्षित गरिएको उनका दाई यज्ञ खड्काले जानकारी दिनुभयो । भाईको सम्झनामा सहयोग जुटाएर रंगशाला निर्माण सहयोगार्थ आज रंगलाशालामा पुगेर रकम हस्तान्तरण गरिएको बताउनुभयो ।

विभिन्न ३१ जना व्यक्तिहरुको सहयोगमा संकलन भएको १ लाख १५ हजार १ सय ३५ रुपैंया आज धुर्मुस सुन्तली फाउण्डेसनकी कुञ्जना घिमिरे ‘सुन्तली’लाई हस्तारण गरिएको खड्काले बताउनुभयो । ‘स्वर्गिय भाईको सम्झनामा रंगशालामा एउटा कुर्सी सुरक्षित गरेका छौं, यसमा विभिन्न व्यक्तिहरुले आफुले सकेको सहयोग गर्नुभएको छ, उहाँले भन्नुभयाे ।’

डिभिजन वन कार्यालय दैलेखमा कार्यरत चन्द्रको गत असोज १८ हृदयघातका कारण निधन भएको थियो । जनस्तरबाट निर्माण भइरहेको रंगशालाका लागि रकम अभाव भएपछि ‘हाम्रो रंगशालामा मेरो कुर्सी अवधारणा’ सार्वजनिक गरिएको छ । जस अन्तरगत एक लाख दिएर एउटा कुर्सी व्यक्ति, समुह तथा संस्थाको नाममा सुरक्षित गर्न सकिने छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १०, २०७८  १८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update