रुकुम पश्चिमको मुसीकोट नगरपालिका ५, ले चालु आर्थिक बर्षको हालसम्म झण्डै ३ किलोमिटर गोरेटो बाटो पक्की गराएको छ । वडाका विभिन्न ठाउँको गरी २ हजार ५ सय मिटर लामो गोरेटो बाटो पिसिसी र कतै सिढी लगाइएको छ । सर्वसाधारणको आवतजावतलाई सहज बनाउने गरी बाटो पक्की बनाइएको वडाध्यक्ष शुशिल गौतमले बताउनुभयो ।
अध्यक्ष गौतमका अनुसार ८ सय ५२ मिटर सडक पक्की गरिएको छ । प्रधानमन्त्री तथा मुख्य मन्त्री रोजगार कार्यक्रम, प्रदेश सरकार र वडा कार्यालयको बजेट अन्तरगत यी गोडेटो बाटो तथा सडक पक्की गराइएको वडाध्यक्ष गौतमले जानकारी दिनुभयो । केही बाटो र सडकमा काम भइरहेकाले बाटो तथा सडकको संख्या र लम्बाई पनि बढ्ने जनाइएको छ ।
वडाले स्थानीय तहको निर्वाचनपछि हालसम्म वडाका विभिन्न ठाउँका गरी झण्डै ५ किलोमिटर गोरेटो बाटाहरु ढलान गरेर पक्की बनाइसकेको जनाएको छ । वडाका मुख्य मानिने अधिकांश गोरेटा बाटाहरु ढलान गरेर तथा सिढि लगाएर पक्की बनाइएको वडाध्यक्ष गौतमले बताउनुभयो । आगामी आर्थिक बर्षमा पनि छुटफुट बाटोहरुलाई पक्की गराउने योजना रहेको अध्यक्ष गौतमको भनाई छ ।