रुकुम पूर्वबाट पाँच नेता नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश सदस्यमा मनोनीत भएका छन् । चैत्र १५ गते बसेको पार्टीको लुम्बिनी प्रदेशको बैठकले प्रदेश सदस्यमा मनोनीत गरेको हो । तीन वटै गाउँपालिकाबाट प्रदेश सदस्यमा मनोनीत भएका छन् । पुथाउत्तरगंगा गाउँपालिका बाट एक, सिस्नेबाट दुई र भूमेबाट दुई गरी पाँच जना मनोनीत भएका हुन् ।
पुथाबाट कालीप्रसाद रोका, सिस्ने गाउँपालिकाबाट वासुदेव गौतम र जीवन केसी तथा भूमे गाउँपालिकाबाट ध्रुवविक्रम ओली र प्रवेश पुन सदस्यमा मनोनीत हुनुभएको छ ।उत्तरगंगा वडा नम्बर ५ का रोका यस अघि को जिल्ला समन्वय सदस्य हुनुहुन्थ्यो भने सिस्ने ५ का गौतम प्रदेश परिषद् सदस्य हुनुहुन्थ्यो। यस्तै भूमे ९ का वली जिल्ला परिषद् सदस्य हुनुहुन्थ्यो । केसी यस अघि सिस्ने २ को वडा अध्यक्ष र पुन भूमे ९ को वडा अध्यक्ष हुनुहुन्थ्यो ।