Kakhara सबैको खबर सम्पूर्ण खबर
छैटौँ मयूर कप सुरु, तीन जिल्लाकाे सहभागिता
मयूर कप उद्घाटन कार्यक्रम ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर २ सिम्रुत छैटौँ मयूर कप सुरु भएको छ । त्रिवेणी गाउँपालिका अध्यक्ष गणेशकुमार केसीले प्रतियोगिताको बिहीबार उद्घाटन गर्नुभएको हो । मयूर युवा क्लबको १८ औँ वार्षिक उत्सवको अवसरमा क्लबले विविध खेलकुद प्रतियोगिता आयोजना गरेको छ । मयूर कप आगामी वैशाख २ गतेसम्म सञ्चालन हुने क्लबका सचिव सोमपाल कामीले जानकारी दिनुभयो । 

उहाँका अनुसार वार्षिक उत्सवको अवसरमा खुल्ला शुद्ध वडा स्तरीय पुरुष भलिबल, ब्याडमिन्टन, हाजिरी जवाफ, एकल नृत्य, सटफुट र भाले तान्ने प्रतियोगिता आयोजना गरिएको छ। पुरुष भलिबल प्रतियोगितामा रोल्पा, रुकुम पूर्व, सल्यान र रुकुम पश्चिम सहित २४ समूहले सहभागिता जनाएको सचिव कामीले जानकारी दिनुभयो । भलिबल प्रतियोगितामा प्रथम हुने समूहले १ लाख नगद सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । 

दोस्रो स्थान प्राप्त गर्ने समूहले ६० हजार नगद सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्दा तेस्रो र सान्त्वना हुने समूहले समान २५/ २५ हजार नगद सहित मेडल प्रमाणपत्र प्राप्त गर्ने छ । त्यस्तै ब्याडमिन्टन प्रतियोगितामा विजेता हुने समूहले नगद २५ हजार सहित मेडल, प्रमाणपत्र प्राप्त गर्दा उपविजेता हुने समूहले नगद १५ हजार सहित मेडल, प्रमाणपत्र र तेस्रो र सान्त्वना स्थान प्राप्त गर्ने समूहले समान ५ /५ हजार नगद सहित मेडल, प्रमाणपत्र प्राप्त गर्ने क्लबका सचिव कामीले जानकारी दिनुभयो । 

हाजिरी जवाफ प्रतियोगितामा प्रथम हुने समूहले ५ हजार, दोस्रो स्थान प्राप्त गर्ने समूहले ३ हजार र तेस्रो स्थान प्राप्त गर्ने समूहले २ हजार सहित प्रमाणपत्र प्राप्त गर्ने छ । एकल नृत्यमा प्रथम स्थान हासिल गर्नेले नगद ३ हजार, दोस्रो स्थान प्राप्त गर्नेले २ हजार, तेस्रो स्थान प्राप्त गर्नेले १ हजार नगद सहित प्रमाणपत्र प्राप्त गर्ने छ । सटफुट प्रतियोगितामा विजेता हुने व्यक्तिले ३ हजार र भाले तान प्रतियोगिता विजेता हुने व्यक्तिले नगद २ हजार सहित प्रमाणपत्र प्राप्त गर्ने छ । 

क्लबका अध्यक्ष प्रेमप्रकाश मल्लको अध्यक्षमा भएको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष केसीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै त्रिवेणी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सुरेश पुन, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन क्लबका सचिव कामीले गर्नुभएको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update