Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणी मावि सिम्रुतुको विव्यस अध्यक्षमा ओेली, पहिलो प्राथमिकता शैक्षिक सुधार 
विव्यस अध्यक्ष ओली र त्रिवेणी मावि सिम्रुतु

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका २ सिम्रुतुमा रहेको त्रिवेणी माध्यामिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा लक्ष्मण ओली चयन हुनुभएको छ । अध्यक्ष पदमा ३ जना उम्मेदवार उठेपछी अभिभावक भेलाले गााउँपालिका शिक्षा शाखामा नाम सिफारिस गरेको थियो । जस अन्तरर्गत तुल्सिराम बुढाथोकी, श्यामबहादुर बोहरा र ओलीको नाम सिफारिस गरिएको थियो । अन्तिममा उम्मेदवारको आपसी सहमतिका आधारमा आफु विद्यालय व्यस्थापन समितिको अध्यक्ष पदमा चयन भएको ओलीले बताउनुभयो । उहाँलाई गाउँ कार्यपालिकाले निर्णय गरेर मंगलबार नै विव्यस अध्यक्ष पदमा अनुमोदन गरिसकेको छ ।

विद्यालय व्यस्थापन समितिको दलित महिला सदस्यमा खिमा शेर्पाली, महिला सदस्य निशा बुढाथोकी कठायत, पदेन सदस्यमा वडा अध्यक्ष मोतीराम पुन, सदस्य सचिव  प्रधानाध्यापक डिल्लीबहादुर मल्ल, शिक्षक प्रतितिधि बेचनलाल दासलाई चयन गरिएको छ । अन्य दुई जना सदस्य पछि थप्ने  निर्णय भएको विव्यस अध्यक्ष ओलीले जानकारी दिनुभयो । त्यस्तै शिक्षक अभिभावक संघको अध्यक्षमा गत चैत २८ गते नै लालसिङ बुढाथोकी चयन हुनुभएको थियो ।

विव्यस अध्यक्ष ओलीले शैक्षिक सुधारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ । भौतिक  पुर्वाधारका बाँकी रहेका कामलाई पुरा गर्ने र शैशिक सुधारका लागि कार्यविधि अनुसार विद्यालयलाई नमुना बनाउने योजना रहेको उहाँले बताउनुभयो । यस अघी भौतिक पुर्वाधार निर्माणमा ध्यान दिएको र अव करिव  भौतिक निर्माणको काम सकिएकाले  पहिलो प्राथमिकता शैक्षिक सुधारतर्फ रहेको विव्यस अध्यक्ष ओलीले बताउनुभयो । त्रिवेणी माविको शैक्षिक अवस्था पालिकामै राम्रो भएको उल्लेख गर्दै विद्यालयलाई थप नमुना बनाउन निरन्तर लागि रहने उहाँको भनाई थियो ।

यस अघि विद्यालय व्यस्थापन समितिको अध्यक्षमा १ नम्बर वडाका पुर्व वडा अध्यक्ष मोहोन किशोर ओली हुनुहुन्थो । भने अहिले पनि १ नम्बर वडाबाट नै ओली अध्यक्ष बन्नुभएको हो । 
 

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update