Kakhara सबैको खबर सम्पूर्ण खबर
भोली देखि विद्यालय बन्द गर्न रुकुम पश्चिमका विद्यार्थी संगठनहरुको संयुक्त अपिल 
मुसीकाेट खलंगाकाे त्रिभुवन जनता माविका विद्यार्थीहरू ।

रुकुम पश्चिमका ५ वटा विद्यार्थी संगठनले भोली देखि जिल्ला भरका विद्यालय बन्द गर्न आग्रह गरेका छन् । आज बसेको संयुक्त विद्यार्थी संगठनहरुको बैठकले जिल्लामा कोरोना भाईरसको संक्रमण बढिरहेको र विद्यार्थीहरु उच्च जोखिममा रहेको निष्कर्ष निकाल्दै भोली देखि सम्पुर्ण विद्यालय बन्द गर्न आग्रह गरेकाे हाे । 

विद्यार्थी संगठनहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै विद्यार्थीहरुको स्वास्थ्य प्रति गम्भिर हुन सम्वन्धित सरोकारवाला निकाय समक्ष आग्रह छन् । 

त्यस्तै विद्यार्थी संगठनहरुले अनिवार्य रुपमा सम्पूर्ण विद्यार्थीहरुको कोरोना वीमा गर्न, सम्पूर्ण विद्यार्थी र शिक्षकहरुलाई कोरोना भ्याक्सिनको ग्यारेन्टी गर्न र स्वास्थ्य सुरक्षा सम्वन्धी सम्पूर्ण मापदण्डको प्रयोग गरी परीक्षा संचालन गर्न अथवा अन्य कुनै वैकल्पिक व्यवस्था गर्न समेत अनुरोध गरेका छन् । 

अनेरास्ववियू क्रान्तिकारीका केन्द्रीय सदस्य तथा जिल्ला सह–इन्चार्ज तुल देवकोटा, ने.वि.संघका जिल्ला अध्यक्ष लालवहादुर ओली, अखिल क्रान्तिकारीका जिल्ला संयोजक प्रेमप्रशान्त बोहरा, अनेरास्ववियूका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक प्रकाश खड्का र समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक नवराज बुढाको हस्ताक्षरमा संयुक्त विज्ञप्ती जारी गरिएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १२, २०७८  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update