Kakhara सबैको खबर सम्पूर्ण खबर
दोस्रो रुकुम कप भलिबल अब वैशाख १४ देखि २० सम्म हुने

रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा आयोजना गरिएको सर्वाधिक पुरस्कार राशिको रुकुम कप भलिबलको दोस्रो संस्करण सरेको छ । सहभागी हुने टिमको आग्रहमा खेल सारिएको आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेजविक्रम बुढाले जानकारी दिनुभयो । 

आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले लगभग सबै राष्ट्रिय खेलाडीलाई रुकुम झार्ने तयारी गरेकोमा विभिन्न कारणले सबै खेलाडी पुग्न नसकेपछि वैशाख १४ गतेबाट २० गतेसम्म सञ्चालन गर्ने गरी सारिएको उहाँको भनाई छ । सहभागी टिम र खेलाडीको आग्रहमा खेल सारिएको उहाँले बताउनुभयो । 

‘धेरैजसो राष्ट्रिय खेलाडीहरू भलिबल खेल्न युएईको दुबई जानुभएको थियो, त्यहाँ भारी वर्षाले एयरपोर्ट बन्द हुँदा खेलाडी आउन ढिला भयो, सबैको सल्लाहमा केही दिन खेल सार्ने निर्णय भएको हो, उहाँले भन्नुभयो ।’ 

प्रतियोगिता पूर्व निर्धारित कार्यक्रम अनुसार वैशाख ६ गते बिहीबारबाट सुरु हुनु पर्ने थियो । तयारी नपुगेको भन्दै आयोजकले शुक्रवार देखि प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेको थियो । तर खेलाडी पुग्न समय लाग्ने भएकोले प्रतियोगिता १४ गतेसम्म सरेको हो । सबै तयारी पुरा भएको अवस्थामा प्रतियोगिता सरेको हो । 

सम्बन्धित समाचार

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update