रुकुम पश्चिममा पछिल्लो २४ घण्टामा एन्टीजेन परीक्षणबाट ५ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । आज थपिने संक्रमितमा मुसीकोट र आठबीसकोट नगरपालिकाका २/२ जना र त्रिवेणि गाउँपालिकाका १ जना रहेका छन् । स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्शन इश्वर रावलका अनुसार त्रिबेणि १० का ३४ वर्षिय पुरुष, मुसीकोट नगरपालिका १ का ४९ बर्षिय पुरुष र २० बर्षिया महिला तथा आठबीसकोट नगरपालिका २ का २ जना गरी ५ जनामा संक्रमण पुष्टि भएको हो ।
यो संगै जिल्लामा एन्टीजेन परीक्षणबाट कोरोना संक्रमण पुष्टि हुनेको संख्या १५ र समग्रमा २ सय ७७ पुगेको उहाँले बताउनुभयो । जिल्लामा यसअघि पिसीआर विधिबाट भएको परीक्षण मार्फत २ सय ६२ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको थियो । त्यस्तै जिल्लामा एन्टीजेन परीक्षणबाट कोरोना संक्रमण देखिएका १५ मध्य १ जनाको मृत्यु भएको छ । यो संगै जिल्लामा मृतकको संख्या २ पुगेको छ । पछिल्लो पटक एन्टीजेन मार्फत थपिएका संक्रमित कोहि पनि डिस्चार्ज भएका छैनन् ।
उनिहरु मध्य केहिको जिल्ला अस्पतालमै र केहिको सुर्खेतमा उपचार भइरहेको छ । केहि भने होम आईसोलेसनमा रहेको कोरोना रोग नियन्त्रण फोकल पर्शन इश्वर रावलले बताउनुभयो ।