Kakhara सबैको खबर सम्पूर्ण खबर
अखिल क्रान्तिकारीको मुखपत्र ‘सिस्ने’ विमोचन
मुखपत्र विमाेचन गरिदै ।

अखिल क्रान्तिकारी रुकुम पश्चिमको मुख पत्र ‘सिस्ने’ को आठौँ अङ्क विमोचन गरिएको छ । आज मुसिकोट नगरपालिका वडा नम्बर ५ सेरिगाउँमा एक कार्यक्रमका बिच ‘सिस्ने’ को आठौँ अङ्क विमोचन गरिएको हो । पुस्तकको नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज वसन्त शर्मा लगायतले विमोचन गर्नुभएको हो । 

२०७३ सालदेखि बन्द अवस्थामा रहेको सङ्गठनको मुखपत्र ‘सिस्ने’ सात वर्षपछि पुनः प्रकाशनमा ल्याएको अखिल क्रान्तिकारीका जिल्ला सचिव दुर्गाप्रसाद विकले जानकारी दिनुभयो । ५ सय प्रति छापिएको छ । सुरुमा सङ्गठनमा आबद्ध विद्यार्थी, पालिकामा रहेका सङ्गठन, क्याम्पस, उपस्थित भएका नेता तथा कार्यकर्तालाई मुखपत्र वितरण समेत गरिएको छ । दोस्रो चरणमा छ वटै स्थानीय तह, जिल्लाका ७७ वटा सामुदायिक विद्यालय, ८ वटा क्याम्पस, संस्थागत विद्यालय लगायत जिल्लाका सबै कार्यालयहरूमा निःशुल्क उपलब्ध गराइने छ । 

मुखपत्र प्रकाशनमा करिब २ लाख खर्च भएको सङ्गठनले जनाएको छ । यसमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को शुभकामना सहित नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा, नेताहरू लेखनाथ न्यौपाने, वसन्त शर्मा, पन्चा सिंह, रामदीप आचार्य, नरेश रेग्मी, मदन भुल , अटल आचार्य, नारायण केसी, शेरवीर दाहाल लगायतका लेखहरू समावेश गरिएको छ । भने मुकुन्द शर्मा, दुर्गाप्रसाद विकको कविता पनि समावेश गरिएको छ । 

439105120_1796910787472428_7289383492986808310_n-1713962848.jpg
यसका साथै समाजवादी शिक्षाको कार्यदिशा, शिक्षा, दर्शन, जनयुद्ध, रुकुम पश्चिममा विद्यार्थी सङ्गठनको इतिहास, सङ्गठनका गतिविधि, विद्यार्थीहरूका रचनाहरू, सरकारी कार्यालयहरूको शुभकामना, विज्ञापन र सन्देश समेत पुस्तकमा समावेश छन् । अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष नीराजन केसीको अध्यक्षतामा भएको मुखपत्र विमोचन कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज वसन्त शर्मा, कर्णाली प्रदेश समिति सदस्य भास्कर मल्ल, अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिव सुन्दर शर्मा, केन्द्रीय सदस्य सुशील विष्ट, समकृती पुन, प्रदेश सचिवालय सदस्य नारायण केसी, विशाल विष्ट र रमेश लामिछाने लगायतको आतिथ्यता रहको थियो ।

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update