Kakhara सबैको खबर सम्पूर्ण खबर
स्काभेटर पुरिदा चालकको मृत्यु 
फाइल फाेटाे ।

रुकुम पूर्वमा सडक खनिरहेको स्काभेटर पुरिदा चालकको मृत्यु भएको छ । जिल्लाको भुमे गाउँपालिका वडा नं. ८ सिमखोला पुर्साबाङमा सडक खनिरहेको स्काभेटर माथिबाट झरेको सुख्खा पुहिरोमा पुरिदा चालक भुमे १ लुकुमका ४२ वर्षिय कर्णविर पुनको मृत्यु भएको हो । सडक खनिरहेका बेला झरेको पहिरोले स्काभेटर पुरेको र पुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । स्काभेटर आईतबार साँझ पुरिएको भएपनि पुनको शव आज विहान मात्र निकालिएको इकाका प्रहरी कार्यालय खाबाङका इन्चार्ज सविन शाहले जानकारी दिनुभयो । 

घटना भएको जानकारी पाएपछि आईतबार साँझ नै प्रहरी टोली घटना स्थलमा पुगेपनि उद्धार सम्भव भएको थिएन । आज बिहान अर्को स्काभेटर लगाएर पहिरो हटाईएको इन्चार्ज शाहको भनाई छ । उहाँका अनुसार पहिरो ठुलो भएका कारण उद्धारमा ढिलाई भएको हो । उक्त स्काभेटर साकार निर्माण कम्पनीको हो । पुर्साबाङ–रुकुमकोट–कुचिवाङ–कोर्जा–तामारी–लावाङ सडकखण्ड अन्तर्गतको पुर्साबाङमा सडक खन्ने क्रममा घटना भएको प्रहरीले जनाएको छ । कमजोर भुगोलका कारण सडक निर्माणका क्रममा पहिरो झरेको बताईएको छ ।  

भुगोल कमजोर भएकै कारण मेशिन नलगाई मान्छेले सडक खन्ने गरी स्टामेट बनेको भएपनि लापरवाही गरेर स्काभेटर प्रयाेग गरिएकाे पाइएकाे छ । 

 

प्रकाशित मिति: सोमबार, वैशाख १३, २०७८  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update