रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर २ सिम्रुतुमा आज विहान मिनि ट्रकको ठक्करबाट मृत्यु हुनुभएका जयबहादुर गिरीको शोकमा एक दिन महोत्सव बन्द गरिएको छ । गत वैशाख १४ गतेदेखि सुरु भएको प्रथम त्रिवेणी पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव एक दिनका लागि बन्द गरिएको हो । महोत्सव भोली बुधबारदेखि भने नियमित संचालन हुने महोत्सव संयोजक सोम्पाल कामीले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज गायिका सहिमा श्रेष्ठ आउने पुर्व निर्धारित कार्यक्रम भएपनी त्रिवेणी गाउँपालिका वडा नम्बर ४ पुर्णखाराका ४० वर्षीय गिरीको ट्रकको ठक्करबाट निधन भएपछी पुर्व निर्धारित कार्यक्रम बन्द गरिएको हो । भोलीका लागि भने महोत्सवमा गायक रामजी खाँड सँगै काठमाडौ डान्स ग्रुप र स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।
महोत्सव वैशाख २४ गतेसम्म सन्चालन हुने छ ।