Kakhara सबैको खबर सम्पूर्ण खबर

नेपाली सेनाको चण्डीदल गणका मानबहादुर श्रेष्ठ दोस्रो रुकुम कप भलिबलको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । नेपाली राष्ट्रिय भलिबल टिमका क्याप्टेन समेत रहेका मानबहादुरले आर्मीलाई दोस्रो रुकुम कपको उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका थिए । उनी सहितको चण्डीदल गणले रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा आयोजित पाँच लाख पाँच हजार पाँच सय ५५ रुपैयाँ पुरस्कार राशि रहेको दोस्रो रुकुम कप भलिबलको उपाधि जितेको छ । मानबहादुरको उत्कृष्ट प्रदर्शनमा आर्मीले आयोजकलाई हराउन सफल भएको थियो । सर्वोत्कृष्ट खेलाडी बनेका मानबहादुरले नगद १० हजार सहित ट्रफि मेडल र प्रमाण पत्र समेत प्राप्त गरेका छन् ।

त्यस्तै प्रतियोगितामा अन्य विभिन्न व्यक्तिगत इभेन्टमा पनि खेलाडी पुरस्कृत गरिएको छ । मानबहादुर सहित आर्मीका धनबहादुर भट्टले वेस्ट स्पाइकर र दुर्गा महतोले वेस्ट सेटरको उपाधि हात पारे । प्रतियोगिताको वेस्ट सर्भर हाम्रो सरोकारका विष्णु बस्नेत, वेस्ट लिबेरो आयोजक रुकुम पश्चिमका लक्ष्मण शाही, वेस्ट ब्लकर आयोजक रुकुम पश्चिमका सफल विश्वकर्मा र उदीयमान खेलाडी रुकुम पश्चिमका सुरेन्द्र केसी घोषित भए । वेस्ट कोच भने आर्मीका चक्रबहादुर मल्ल घोषित भए ।

सबैलाई समान ५ हजार नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिएको आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेजविक्रम बिएमले जानकारी दिनुभयो । 

WhatsApp-Image-2024-05-02-at-8.45.19-PM-1714662937.jpeg
 

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  २१:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update