Kakhara सबैको खबर सम्पूर्ण खबर
रूकुम पूर्वमा पानी माग्दै पूजा (फाेटाे फिचर)  
पानी माग्न गएकाहरू ।

लामो समय देखि वर्षा नहुँदा रुकुम पूर्वका विभिन्न ठाउँमा रोपिएको आलु र मकै सुकेको छ । आकाशे पानीको भरमा रोपिएको बर्खे बाली सुकेको हो । वर्षा नहुँदा किसान चिन्तित भएका छन् । बाली जोगाउनको लागि अहिले जिल्लाका किसान पानी माग्दै हिँडेका छन् । उनीहरूले विभिन्न पानी मुहानमा पुगेर पानी माग्ने गरेका हुन । शनिवार भूमे गाउँपालिका वडा नम्बर २ काँक्री गाउँका स्थानीयले पानी मागेका छन् । 

438119862_1163855121458688_1415489549719399038_n-1714997651.jpg
गाउँ नजिकैको सैपातुङ बगरबाट पानी माग्न सुरु गरिएको हो । लामो समय देखि पानी नपरे पछि गाउँलेहरू पानी माग्न जुटेका छन् । कुनै वर्ष बगरबाट पानी माग्दै लेकको मुहानसम्म जाने चलन छ भने कुनै वर्ष लेकको मुहानबाट बगर तिर झर्ने चलन छ । यो वर्ष भने वडाको सैपातुङ बगर देखि सुकाखोला गलच्वल मूल हुँदै रिसेको मूलसम्म पानी मागिएको हो । 

421957352_1163855254792008_2238052504340836426_n-1714997651.jpg
लामो समय देखि वर्षा नभएको समयमा यसरी पूजापाठ गरेर पानी माग्न चलने परम्परा देखि चल्दै आएको चलन छ । भूमे १ काँक्रीकि सृजना बुढाले पूजापाठ गरे पनि कुनै वर्ष पानी पर्ने र कुनै वर्ष पानी नपर्ने गरेको बताउनुभयो । जैसीले नाम जुराएका दुई जना किशोर किशोरीलाई नक्कली बाेल्न नसक्ने बनाउने गरिन्छ । उनीहरूले नै अनेक क्रियाकलाप गरेर पानी गर्ने माग्ने गर्दछन् । 

438161615_1163855851458615_2593651624962226371_n-1714997655.jpg
पानीका मुहानमा गएर सुँगुर तथा कुखुरा काट्ने नाचगान गरी अक्षता तथा धजा चडाउने गरिन्छ । यसो गरियो भने देउता रिसाएर पानी दिने धार्मिक विश्वास रहेको छ । पानी माग्नको लागि शनिवार, मङ्गलवार र सङ्क्रान्ति तथा औँसी पुर्णीमाको जोग बनाएर जैसीले दिन जुराइदिन्छन् । जैसीले जुराएको दिनमा पानी माग्ने गरिन्छ । पानी माग्नको लागि गाउँका मानिसहरू मूल खोज्दै बगर देखि लेकको मुहानसम्म पुग्ने गरेको भूमे ३ क्याङ्सीकी सङाली सुनारले जानकारी दिनुभयो । 

441153628_1163855381458662_8096881517150352281_n-1714997652.jpg
पानीको मुहान पूजापाठ तथा सुँगुर काटेर जल देवतालाई पानी माग्ने गरिन्छ । पानी माग्ने चलन ठाउँ अनुसार फरक फरक रहेको छ । कुनै गाउँमा सुँगुर काटेर मूलमा फाल्ने चलन हुन्छ भने कुनै ठाउँमा कुखुरा काटेर फाल्ने चलन छ । नक्कली रूपमा बनाइएका बाेल्न नसक्नेले पानीको मूलमा गरेको अनाैठाे क्रियाकलापबाट देवता रिसाएर पानी पर्ने गरेको पुथा गाउँपालिका वडा नम्बर १ मैकोटका दर्शन विकले बताउनुभयो । जैसीले भने अनुसार वैशाख २५ गते सम्म पर्ने भन्दै काँक्रीका स्थानीय खुसी छन् । यस अघि पनि भूमे १ को लुकुम गाउँका स्थानीयले पानी मागेका थिए ।

441141052_1163855178125349_8519888208489252138_n-1714997657.jpg
 

438172751_1163855934791940_5530124131829565528_n-1714997656.jpg
438160530_1163856008125266_8528557862178680382_n-1714997656.jpg
438101606_1163855778125289_8928488232289831731_n-1714997655.jpg

फाेटाेहरू तिलक राेका मगरकाे फेसबुकबाट साभार ।

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update