रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर २ सिम्रुतुमा जारी प्रथम त्रिवेणी पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सवमा सोमबार लोक दोहोरी गायक श्याम राणाले प्रस्तुति राख्नु भएको छ । लोक दोहोरी गायक राणाले आधा दर्जन बढी गित गाएर दर्शकलाई मनोरञ्जन दिनुभएको हो । कल धारा पानी, घुम्ती घुम्ती मोड, रेलै सलल, हाई मेरो मायालु, मायाको महोनी बोली लगायतका आधा दर्जन बढी गितमा दर्शकले मनोरञ्जन लिएका थिए ।
यसै विच महोत्सवको अन्तिम दिन मंगलबार चर्चित गायिका ज्योती मगरको प्रस्तुति रहने महोत्सव संयोजक सोमपाल कामीले जानकारी दिनुभयो । उहाँका अनुसार गायिका ज्योती मगर आउने सोमबार नै निश्चित भएको हो । मंगलबार अन्तिम दिन भएकाले समयमै गायिका मगरको प्रस्तुति रहने संयोजक कामीले जानकारी दिनुभयो ।
मयूर युवा क्लबले आयोजना गरेको प्रथम त्रिवेणी पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव गत वैशाख १४ गतेदेखी सन्चालन भएको थियो ।