Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा साढे २ वर्षिया बालिका सहित ११ जनामा कोरोना भाईरस संक्रमण

रुकुम पश्चिममा पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । साढे २ वर्षिया बालिका सहित ११ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । 

जिल्ला अस्पताल सल्लेमा गरिएको एन्टीजेन परीक्षणबाट १० जना र चौरजहारी अस्पतालमा गरिएको परीक्षणमा १ जनामा कोरोना भाईरसकाे संक्रमण देखिएको स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्शन इश्वर रावलले जानकारी दिनुभयो । 

यो संगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या ३ सय ३ पुगेको छ । एन्टीजेन मार्फत गरिएको परीक्षणबाट संक्रमण पुष्टि हुनेको संख्या भने ४१ पुगेको छ । जस मध्य १ जनाको मृत्यु भइसकेको छ भने ३ जनाको सुर्खेत, ४ जनाको जिल्ला अस्पताल र १ जनाकाे चाैरजहारी अस्पतालमा उपचार भइरहेको छ । बाँकी भने होम आईसोलेसनमा रहेका छन् ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update