Kakhara सबैको खबर सम्पूर्ण खबर
एक आपसमा मोटरसाइकल ठोकिदा एक युवाको मृत्यु 
फाइल फोटो

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ४ मनकोटका एक युवाको मोटरसाइलकल दुर्घटनामा परी मृत्यु भएको छ । आज विहान छिन्चु जाजरकोट सडक खण्डमा एक आपसमा दुई वटा मोटरसाकल ठोकिदा ३७ वर्षीय भुवन केसीको मृत्यु भएको हो । छिन्चु जाजरकोट सडक खण्ड हुँदै नेपालगञ्ज जाँदै गरेको केसीले चलाएको मोटरसाइकल र विपरित दिशावाट आउँदै गरेको कर्णाली प्रदेश ०३–००१ प–०३७९ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदा  केसीको घटनास्थमै मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले सुर्खेतले जनाएको छ । 


प्रहरी प्रदेश कार्यालयका  सुर्खेतका अनुसार केसीको मोटरसाइकल १ सय मिटर तल भेरी नदीमा खसेकाले नम्बर पहिचान हुन सकेको छैन । केसीको शव नदिको छेवैमा फेला परेको प्रहरीले जनाएको छ । कर्णाली प्रदेश ०३–००१ प ०३७९ नम्वरको मोटरसाईकल चालक आठबीसकोट नगरपालिका वडा नम्बर ४ का दिपक दाहाल र मोटरसाइकललाई  प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । 


 

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  १३:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update