कर्मचारीमा कोरोना देखिएपछि मालपोत कार्यालयको सेवा एक साता बन्द
जिल्ला मालपोत कार्यालय रुकुम पश्चिममा कार्यरत २ जना कर्मचारीमा कोरोना भाईरसको संक्रमण देखिएपछि सेवा बन्द गरिएको छ । आज जिल्ला अस्पतालमा गरिएको एन्टीजेन परीक्षणबाट १ जना र हिजो १ जना गरी २ जना कर्मचारीमा कोरोना भाईरसको संक्रमण पुष्टी भएको थियो । कर्मचारीमा कोरोना देखिएपछि संक्रमण थप फैलिन सक्ने भन्दै वैशाख २१ गतेसम्मका लागि सेवा बन्द गरिएको जिल्ला मालपोत कार्यालयका निमित्त प्रमुख गोर्खवहादुर खड्काले बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८ १८:४५
प्रतिक्रिया दिनुहोस्