Kakhara सबैको खबर सम्पूर्ण खबर

महँगो भो तिम्रो माया ।
किन्नलाई मेरो औकात भएन ।।

ति रोए तिम्रो यादमा ।
यति त कहिल्यै बर्सात भएन ।।

जि.एम. दिपु देपेन्द्रको ‘महँगो भो तिम्रो माया’ नामक गीत बजारमा आएको छ । देपेन्द्रका शब्दमा चर्चित गायक प्रमोद खरेलले स्वर दिनुभएको छ । सम्पत्तिका लागि श्रीमतीले श्रीमानलाई गरेको अत्याचारलाई गीतमा देखाइएको छ । परपुरुषसँगको सम्बन्धका कारण श्रीमतीले श्रीमानलाई गरेको अत्याचार कुन हदसम्मको हुन्छ भन्ने सचित्र वर्णन गरिएको छ ।

यस गीतमा सङ्गीत राजकुमार बगरले भर्नुभएको छ । गीतको म्युजिक भिडिओमा अनुप जङ्ग थापा (विचित्र), सोनी बिसी र आरध्या आर.एल. डिसी फिचर्ड छन् । इन्जिनियर दिपु साहित्यमा रुचि राख्नुहुन्छ । उहाँ हाल खानेपानी, सिचाई तथा ऊर्जा विकास कार्यालय जाजरकोटमा कार्यरत हुनुहुन्छ ।

यसअघि उहाँको ‘खतरा धेरै भो’ नामको गीत बजारमा आएको थियो । ठानेश्वर गौतमको स्वर रहेको उक्त गजल गीतले धेरै चर्चा पाएको थियो । 

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  ०९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update