Kakhara सबैको खबर सम्पूर्ण खबर
माछिमीको एक घरमा आगलागी 
आगलागीबाट क्षतिग्रस्त घर ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ३ माछिमीमा एक घरमा आगलागी भएको छ । स्थानीय गाेर्खबहादुर केसीको घरमा आगलागी भएको हो । बिद्युत् सर्ट हुँदा शनिवार बेलुकी ८ बजेतिर आगलागी भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । उक्त आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा राती ११ बजेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवराज पोख्रेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार अन्दाजी २५ लाख बढीकाे क्षति भएकाे छ । सुन, नगद, तामा र काँसका भाँडाकुडि, अन्नपात, लत्ताकपडा लगायत जलेर नष्ट भएकाे डिएसपी पाेख्रेलले बताउनुभयाे । क्षतिकाे यकिन भने हुन बाँकी रहेकाे उहाँले बताउनुभयाे । घरको माथिल्लो तला पूर्ण रूपमा ध्वस्त भएको बताइएको छ । माथिल्लो तलमा धेरै सरसामान रहेको र उक्त सबै जलेर नष्ट भएका छन् । तल्लो तलामा भने खासै क्षति नभएको प्रहरीको भनाई छ । 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  ०८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update