Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकाेट १० का ५३ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण 

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर १० नमुना वस्तीटोलका ५३ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । शनिबार नमुना वस्ति टोलमा एक कार्यक्रमको आयोजना गरी दलित समुदायका ५३ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो । दलित समुदायका विद्यार्थीलाई पठनपाठनमा सहज होस् भन्ने उदेश्यले नमुनावस्ती टोलका ५३ जना दलित विद्यार्थीलाई शैक्षिक सामग्री अन्तरर्गत कापी, कलम , झोला वितरण गरिएको नमुना वस्ती टोलका सचिव सरोज सुनारले जानकारी दिनुभयो ।

उहाँका अनुसार नमुना वस्ती टोलबाट विभिन्न विद्यालयमा अध्यन गरी स्थान प्राप्त गर्ने ९ जना विद्यार्थीलाई ८ वटाका दरले कापी, र १० वटाका दरले कलम वितरण गरिएको हो । त्यस्तै स्थान प्राप्त नगर्ने उक्त टोलका ४४ जना विद्यार्थीलाई ६ वटाका दरले कापी र ५ वटाका दरले कलम वितरण गरिएको हो । अति विपन्न कक्षा २ मा अध्यनरत राजेश विक, कक्षा ३ मा अध्यरत राकेश विक र कक्षा ४ मा अध्यरत विमला विकलाई १÷१ वटा झोला र जुत्ता वितरण गरिएको टोल सचिव सुनारले जानकारी दिनुभयो ।

सोही टोलका अति बिपन्न सर्कु कामीलाई एक बोरा चामल, २ पोका तेल, १ किलो दाल, ३ वटा सावुन पनि वितरण गरिएको छ । देश तथा विदेशबाट उठेको १५ हजार सहयोग रकमबाट सहयोग गरिएको सुनारले जानकारी दिनुभयो । नमुनावस्ती टोलका युवाहरु मिलेर अति विपन्न परिवारलाई सहयोग पुर्याउदै आएका छन् । केही महिना अघी पनि नमुनावस्ती टोलका युवाहरुले सोही टोलका अति विपन्न ३ घरपरिवालाई निःशूल्क स्वास्थ्य विमा गरिदिएका थिए ।

यसै विच वडामा विद्यालय शिक्षा सुधारमा समुदाय तथा अभिभावकको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न भएको छ । विद्यालय सुधारका लागी समुदायको खबरदारी, बालबालिका प्रति अभिभावक जिम्मवार हुनुपर्ने, शिक्षकले विद्यार्थी प्रति गर्नुपर्ने कर्तव्य पुरा गर्नुपर्ने लगायतका विषयमा अन्तरक्रिया भएको वडा अध्यक्ष धनबहादुर खड्का(बसन्त)ले जानकारी दिनुभयो । अन्तरक्रिया कार्यक्रमले शैक्षिक सुधारमा परिवर्तन  आउने  अपेक्षा गरिएको छ ।

अन्तक्रिया कार्यक्रमा वडा अध्यक्ष खड्का मालिका मावि चुनका प्रधानाध्यापक खड्कसिह कठायत अभिभावक लगायतको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update