Kakhara सबैको खबर सम्पूर्ण खबर
आमा बाबु स्मृति प्रतिष्ठान अक्षयकोषबाट विद्यार्थीलाई वर्षभरी पुग्ने शैक्षिक सामग्री वितरण 

रुकुम पश्चिमको बाँफीकोट गाउँपालिकाका विपन्न, तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । बाँफीकोट गाउँपालिकाको वडा नम्बर ४ मा रहेको विरेन्द्र माध्यामिक विद्यालय बाँफीकोटमा आज एक कार्यक्रमको आयोजना गरी विपन्न, सहिद परिवार, टुहुरा तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो । २०७६ सालमा स्थापना गरिएको आमा बाबु स्मृति प्रतिष्ठान छात्रवृती अक्षयकोषबाट पालिकाका विभिन्न विद्यालयमा अध्यनरत १ सय १५ जना विद्यार्थीलाई छनोट गरेर शैक्षिक सामग्री वितरण गरिएको आमा बाबु स्मृति प्रतिष्ठान अक्षयकोषका संस्थापक अध्यक्ष चन्द्रबहादर केसीले जानकारी दिनुभयो ।

 उहाँका अनुसार माध्यामिक तह कक्षा ६ देखि ८ कक्षासम्म अध्यनरत विपन्न, टुहरा, सहिद परिवार तथा जेहेन्दार विद्यार्थीलाई एक एक वटाका दरले झोला, ६० वटाका दरले कापी, ४८ वटाका दरले कलम, १ वटाका दरले ज्यामिति बक्स वितरण गरिएको हो । शैक्षिक सामग्री वितरण गरिएकामा १७ जना जेहेन्दार, १८ जना सहिद परिवार, ३७ जना विपन्न परिबारका र ४३ जना टुहुरा विद्यार्थी रहेको अक्षयकोषका अध्यक्ष केसीले जानकारी दिनुभयो ।

अक्षयकोष स्थापना भएदेखि हालसम्म ३ पटक गरेर ३ सय २७  जना विपन्न, जेहेन्दार तथा टुहुरा विद्यार्थीलाई छात्रवृती वितरण गरिएको छ । हरेक वर्ष वितरण हुने छात्रवृतीले विद्यार्थीलाई वर्षभरी अध्यन गर्ने शैक्षिक सामग्री पुग्ने भएकाले किन्नु नपर्ने उहाँले  जानकारी दिनुभयो । विद्यालयले छनोट गरेर पठाएमा हरेक वर्ष विपन्न तथा टुहुरा विद्यार्थीलाई पहिलो प्राथमिकतामा राखेर छात्रवृती प्रदान गर्ने गरिएको छ  । यस वर्ष ३ लाख ५५ हजार रुपैयाँको शैक्षिक सामग्री वितरण गरिएको छ ।

अव अक्षयकोषमा ३६ लाख ९५ लाख २ सय २५ रुपैयाँ बचत रहेको छ । पालिकामा रहेका कोही पनि बालबालिका शिक्षाबाट बञ्चित नहुन भन्ने उदेश्यले विभिन्न देश तथा विदेशमा रहेका ९६ जना सहयोगिताहरुबाट रकम संकलन गरेर अक्षयकोष स्थापना गरिएको थियो । गरिव, तथा जेहेन्दार विद्यार्थीका लागि अक्षयकोषले सार्थकता पाउँदै गएको केसीले बताउनुभयो । हरेक वर्ष अक्षयकोषमा मौज्दात रहेको ब्याज रकमबाट पालिकामा रहेका विपन्न, टुहुरा तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृती वितरण गर्ने गरिएको छ ।

छात्रवृती वितरण कार्यकमका प्रमुख अतिथि जिल्ला समन्वय समितिकी प्रमुख लुम्बीनी गौतमले जिल्लामै उदाहरनिय काम गरेको भन्दै प्रशंसा गर्नुभयो । कापी, कलम नपाएर पढाईबाट बञ्चित हुने अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । सरकारको तर्फबाट पनि विपन्न, तथा जेहेन्दार बालबालिकाहरुको लागि छात्रवृतीको व्यवस्था गरेको उल्लेख गर्दै ग्रामीण वस्तीमा संस्था स्थापना गरेर सुरुवात गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । विद्यार्थीलाई छात्रवृती सँगसँगै विद्यालयमा गुणस्तर शिक्षा प्रदान गर्नेमा पनि प्रमुख अतिथि गौतमले  जोड दिनुभयो । 
inbound5642339373831894165-1716551933.jpg

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update