आठबीसकोट नगरपालिका–४ र ५ (साबिकको गोतामकोट गाविस)को गोतामकोट जिल्लाको सुन्दर ठाउँमध्येमा पर्दछ । मिलेको गाउँ, घर, अधिकांश परम्परागत घर, फाँट र बस्ती लोभ लाग्दा छन् । एकै ठाउँबाट अन्य धेरै गाउँको अवलोकन गर्न सकिन्छ । बेँसीमा फल्ने धानदेखि लेकमा फल्ने ओखरसम्म पाइने गोतामकोटको विशेषता हो ।
आठबीसकोट नगरपालिकाको केन्द्र राडीबजारबाट जाजरकोटको नलगाड नगरपालिका हुँदै गाडी र पैदल यात्रामार्फत गोतामकोट पुग्न सकिन्छ । गोतामकोटका हरेक गावैँपिच्छे समुदाय अनुसारको बस्ती छ ।
गोतामकोट, गौतमहरूको उद्गम स्थल पनि हो । सम्पेचौर अत्रि ऋषिको आश्रय अर्थात् आश्रम स्थल । पछिल्लो समय चर्चामा छ । आठबीसकोट नगरपालिकाले यसको प्रचार प्रसार गर्ने र गोतामकोटलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने भन्दै विभिन्न कार्यक्रम तथा भौतिक संरचना निर्माणलाई तीव्रता दिइरहेको छ । गौतमहरूको उद्गम स्थल, गौतमहरूको गोत्र अत्रिको आश्रम, मालिका मन्दिर, चित्रिपाटनलाई जोडेर बृहत् पर्यटकीय क्षेत्र बनाउन भन्दै विभिन्न भौतिक संरचनाको काम भइरहेको छ ।
फाेटाे मनिष खड्का/कखरा