Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोटका पशुपालक कृषकलाई विभिन्न सामग्री सहयोग 
पशुपालक कृषकलाई विभिन्न सामग्री प्रदान गरिदैँ ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ का पशुपालक कृषकहरूलाई विभिन्न सामग्री सहयोग गरिएको छ । नगर पशु सेवा शाखाको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत वडा नम्बर १ मा सञ्चालित आर्थिक वर्ष २०७९/०८० को बाख्रा पकेट विकास निरन्तरता कार्यक्रमको अनुगमनका साथै यो कार्यक्रम अन्तर्गत कृषकहरूलाई विभिन्न सामग्रीहरू प्रदान गरिएको हो । 

नगर पशु सेवा प्राविधिक शिवराज महताराका अनुसार मुसिकोट १ छिङकाे सुनौलो बिहानी बाख्रापालन कृषक समूह, छिङकै दुई धारा महिला बाख्रापालन कृषक समूह, कैलदेउकाे हरियाली महिला बाख्रापालन कृषक समूह र सल्लेकाे मुसिकोट साना किसान कृषि सहकारी संस्थाका ४६ जना कृषकलाई सामग्री प्रदान गरिएको छ । 

उनीहरूलाई दाना खुवाउने डुड प्रति सदस्य २ वटाका दरले ९२ वटा र घाँस खुवाउने टाट्नो प्रति सदस्य १ वटाका दरले ४६ वटा र डिजिटल तराजु मेसिन प्रति समूह १ वटाका दरले ३ वटा वितरण गर्नुका साथै अनुगमन तथा सल्लाह सुझाव प्रदान गरिएको महताराले बताउनुभयो । यसै कार्यक्रम अन्तर्गत वडा नम्बर १ कै कारेदह र घिमानेका ३ वटा कृषक समूहमा पनि सामग्री वितरण तथा अनुगमन गरिने नगर पशु सेवा प्राविधिक महताराले जानकारी दिनुभयो । 

WhatsApp-Image-2024-05-25-at-7.08.30-PM-1716725485.jpeg
अनुगमन तथा सामग्री वितरण कार्यक्रममा मुसिकोट नगरपालिकाका उप प्रमुख विमलकुमार पुन, नगर आर्थिक विकास समिति संयोजक एवम् १३ नम्बर वडाध्यक्ष खलबहादुर खड्का, १ नम्बर वडा सदस्य गणेश हमाल, नगर पशु सेवा शाखा प्रमुख सरस्वती सापकोटा खड्का, सब इन्जिनियर अमरबहादुर पाण्डे, पशु सेवा प्राविधिक शिवराज महतारा, कम्प्युटर सहायक प्रजित बोहरा लगायतको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update