सानीभेरी १० मा सडक निर्माणको क्रममा ढुंगा लागेर एक महिलाको मृत्यु
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १० मा सडक खनिरहेको बेला ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ । शुक्रबार साँझ वडाको घण्ठाना, अमला टाकुरा तिमिले सडक खण्डमा सडक निर्माणको क्रममा ढुंगा लागेर रजैया खोर्याकी ४८ वर्षिया नैउली कामीको मृत्यु भएको हो । आफन्तको घरबाट आफ्नो घरतिर फर्किदै गर्दा ढुगां लागेर कामीको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष टिकारा खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार सडक निर्माण भइरहेको स्थानदेखि १ सय ५० मिटर माथिको भागबाट तल्लो मोड नजिकै गोरेटो बाटोमा हिडिरेका बेला ढुंगा लागेको कामीको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थलमा प्रहरी पुगेको र शव उठाउने बारेमा छलफल भइरहेको वडा अध्यक्ष खड्काले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१ २०:५५
प्रतिक्रिया दिनुहोस्