Kakhara सबैको खबर सम्पूर्ण खबर
हावाहुरीले भूकम्प पीडितका अस्थायी आवास उडायो

शनिबार साँझ आएको हावाहुरीले रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १० चिन्तुमा भूकम्प पीडितका अस्थायी आवासमा क्षती पुर्याएको छ । हावाहुरीले अस्थायी आवासमा बस्दै आएका दुई घरपरिवारको अस्थायी आवासमा क्षती पुर्याएको हो ।कर्णबहादुर खड्का र रिमबहादुर खड्काको अस्थायी आवास हावाहुरीले क्षती पुर्याएको वडा अध्यक्ष टिकाराम खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार कर्णबहादुरको अस्थायी आवास हावाहुरीले १५ मिटर र रिमबहादुरको ३ मिटर तल उडाइदिएको छ । अस्थायी आवासमा बसिरहेका बेला हावाहुरीले अस्थायी आवासमा क्षती पुर्याउदा कर्णबहादुरलाई सामान्य कम्मरमा चोट समेत लागेको छ । रिमबहादुरको परिवार भने सकुशल रहेको वडा अध्यक्ष खड्काले जानकारी दिनुभयो ।

आवासमा क्षती पुर्याएपछि अस्थायी आवास निर्माण नहुन्जेल त्रिपालमा बस्नुपर्ने  बाध्यता रहेको छ । हावाहुरीले क्षती पुर्यापछि वडाको तर्फबाट सकेको सहयोग गर्ने र थप आवश्यक परेमा गाउँपालिकामा माग गर्ने वडा अध्यक्ष खड्काले जानकारी दिनुभयो । वडा भरको विवरण नआई सकेकाले क्षतीको विवरण थप बढ्न सक्ने वडाले जनाएको छ । गत कात्तिक १७ गते राती गएको भूकम्पले घर पुर्णरुपमा क्षती पुर्यापछि उहाँहरुको परिवार अस्थायी आवासमा बस्दै आउनुभएको थियो । 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update